Tuesday, February 17, 2026

दोस्रो जिरायत कपको उपाधि सयपत्रीको पोल्टामा

ताजा / भरखरै प्राप्त

राजु लाे तामाङ, बागमती–सर्लाहीको बागमतीमा सम्पन्न दोस्रो जिरायत कपको उपाधि सयपत्री सामुदायिक युवा केन्द्र महोत्तरीले जितेको छ । 

मङ्गलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा विजयी हुँदै सयपत्री सामुदायिक युवा केन्द्रले उपाधि चुमेको हो । जित सँगै सयपत्रीले नगद ७५ हजार शिल्ड र मेडल हात पारेको छ । भने, उपविजेता बनेको टुटेश्वर युवा क्लब महोत्तरीले नगद ३० हजार शिल्ड र मेडल प्राप्त गर्यो । निर्धारित समयमा दुवै तर्फबाट एक–एक गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट निकालिएको थियो । 

ट्राइब्रेकरमा ५–३ गोल अन्तरले सयपत्री विजयी बनेको हो । निर्धारित समयको पहिलो हाफमा गोल गर्दै सयपत्रीले बनाएको अग्रता जोगाउन सकेन । खेलको दोस्रो हाफमा टुटेश्वरले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । त्यस पछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । खेलको सुरू देखिनै दवाव बनाएको सयपत्रीको गोल रक्षकले रातो कार्ड पाएर मैदान बाहिरिएपछि १० जना खेलाडीमा समेटिएको थियो ।

प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफि वितरण गरिएको आयोजक ओम युवा क्लबका अध्यक्ष प्रदिप आलेले जानकारी दिए । स्थानीय खेलाडीको प्रोत्साहन स्वरुप ओम युवा क्लबको आयोजनामा बागमती नगरपालिका–४, स्थित जिरायतमा यही माघ १० गते शनिबारबाट प्रतियोगिता सुरु भएका थियो । प्रतियोगितामा सर्लाही, रौतहट, महोत्तरी र बाराका गरी १६ टिम सहभागि भएका थिए । 

विधागत पुरस्कार तर्फ उदीयमान खेलाडीको उपाधि आयोजक ओम युवा क्लबका पुस्कर मगरले प्राप्त गरेका छन् । भने, उत्कृष्ट कोच सयपत्रीका निरज जर्गा, उत्कृष्ट डिफेन्डर सयपत्रीका सुदीप थारु, उत्कृष्ट गोलकर्ता, टुटेश्वरका सजिंव कार्की, उत्कृष्ट स्कोर, टुटेश्वरका नन्दु श्रेष्ठ, उत्कृष्ट खेलाडी सयपत्रीका रामकृष्ण राउत, उत्कृष्ट गोल रक्षक सयपत्रीका विजय सारू, उत्कृष्ट टिममा लालबन्दीको आइडियल कोएड एकेडेमी लालबन्दी बनेको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles