राजु लो तामाङ माघ १८ गते, आइतबार सर्लाहीको बागमतीमा जारी दोस्रो जिरायत कप फुटबल प्रतियोगितामा टुटेश्वर युवा क्लब विजयी भएको छ ।
आइतबार टुटेश्वरले पञ्चधुरा सामुदायिक सेवा केन्द्रलाई ३-० ले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो । टुटेश्वरको जीतमा खेलको २१ औं मिनेटमा संगम मगरले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए पहिलो हाफको अतिरिक्त थप समयमा मगरले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको २३ औं मिनेटमा नन्दु श्रेष्ठले गोल गर्दै जित सुनिश्चित गरे खेलको म्यान अफ द म्याच संगम मगर चुने ।
टुटेश्वरले उपआधिका लागि मंगलबार सयपत्री सामुदायिक युवा केन्द्रसँग भिड्नेछ । माघ १० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । विजेता टिमले नगद पचहत्तर हजार सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३० हजार सँगै ट्रफी र मेडल प्राप्त गर्नेछ ।

