Tuesday, February 17, 2026

चुनाव लक्षित सुरक्षा गस्ती(फोटो फिचर)

ताजा / भरखरै प्राप्त

बागमती – आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्लामा सम्युक्त सुरक्षा गस्ती सुरु भएको छ ।

गत बुधबारबाट नेपाली सेनाले, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको सहभागितामा सम्युक्त सुरक्षा गस्ती सुरु गरेको हो । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा गस्ती टोली परिचालन भइसकेको नेपाली सेनाको लालबन्दी नगरपालिका–२ पाँचकुमारी स्थित कालिध्वज गणले जनाएको छ ।

कालिध्वज गण अन्तरगत बागमतीमा रहेको नेपाली सेनाको सुरक्षा बेस र ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको नेपाल प्रहरी समेतको सम्युक्त टोलीले क्षेत्र नम्बर ३ अन्तरगत बागमती नगरपालिका क्षेत्रमा गस्ती गरेको हो । बेसका उपसेनानी रेशम शर्मा घिमिरेको नेतृत्वमा खटिएको टोलीले बागमती भरत ताल, बागमती वडा नम्बर ११, १२, ४ लगायतका ठाउँमा सुरक्षा गस्ती गरीएका जनाएको छ ।

यसअघिका निर्वाचनमा भने केहि दिन अघि देखी नेपाली सेना परिचालन हुने गरेको भएपनि यो पटक नेपाल सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सरकारले महिना दिन पहिलाबाटै नेपाली सेनालाई सुरक्षामा खटाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles