Wednesday, February 18, 2026

सर्लाहीमा पुरानै नेता हावी, क्षेत्र नम्बर–३ र ४ मा हेभी वेटको चर्चा

ताजा / भरखरै प्राप्त

बागमती–फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका अधिकांश अनुहार पुरानै पाइएको छ ।

४ वटा निर्वाचन क्षेत्र कायम यहाँ आसन्न निर्वचनको लागि अधिकांश पुराना नेताहरूको उम्मेदवारी परेको हो । धेरै जस्तो नेताहरूले साविक दलबाटै उम्मेदवारी दिइरहँदा केही नेताहरूले दल बदली गरेका छन् । भने, केहीले क्षेत्र परिवर्तन गरेर समेत उम्मेदवारी दिएका छन् । 

सर्लाही निर्वाचन क्षेत्र नम्बर–१,मा यस पटक पनि मुख्य तीन दलले पुरानै उम्मेदवारहरूलाई अघि सारेको छ । नेपाली काँग्रेसले यस पटक पनि शम्भुलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनले २०७९ को निर्वाचनमा सोही क्षेत्रमा पराजय बेहोरेका थिए । यस क्षेत्रबाट लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार राम प्रकाश चौधरी निर्वाचित भएका थिए । 

जनता समाजवादी पार्टीमा विलय भएको लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार चौधरीले यसपटक पनि टिकट पाए । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले पनि पुरानो अनुहारलाई प्राथमिकता दिएको छ । २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य बनेका प्रमोद साह ०७९ को निर्वाचनमा भने, पराजित भए । 

त्यसपछि केही महिना पहिला नेकपा माओवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीका नेता बनेका साहले यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराए । भने, नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा ईश्वरपुर नगरपालिकाको मेयरमा निर्वाचित मनोज कुमार देवकोटालाई एमालेले प्रतिनिधि सभामा अघि सारको हो । देवकोटा ०७९ को स्थानीय तह निर्वाचनमा भने पराजित भएका थिए 

यस्तै सर्लाही क्षेत्र नम्बर–२, मा फेरी एक पटक राजेन्द्र महतो र महेन्द्र राय यादव आमनेसामने हुने भएका छन् ।
आसन्न निर्वाचन प्रयोजनको लागि भएको मनोनयन दर्तामा दुवै जनाले फेरी एकै क्षेत्र रोजेका हुन् । नेता महतोले राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनी पार्टीको केन्द्रिय अध्यक्ष हुन । नेता महतोले २०७९ को निर्वाचनमा महेन्द्र राय यादव सँग पराजित भएका थिए । दुई नेताले फेरी एक पटक एउटै मैदानमा उत्रिने निर्णय गरेका हुन । 

यता नेता महेन्द्र राय यादवले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराए । दिउसो दुवै नेता पार्टीका कार्यकर्ता सहित नारा लगाउदै उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालयमा परिसरमा पुगेका थियो । उहाँहरूको उम्मेदवारी सँगै यस क्षेत्रको चुनावी माहोल निकै रोमान्चक बन्ने स्थानीय राजनीतिज्ञहरूले आँकलन छ । 

पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत रहनु भएको महेन्द्र राय यादवले यस पटक पनि नागरिकको आग्रह र देशलाई विषम परिस्थितिबाट पार लगाउने उद्देश्य सहित उम्मेदवारी दर्ता गराएको प्रतिकृया दिएका छन । भने, पूर्व उपप्रधान मन्त्री समेत रहेका नेता महतोले ५ पटक विभिन्न मन्त्रालय सम्हाली सकेका छन् । 

यस पटक सर्लाही–२ नम्बर क्षेत्रको चुनावी मैदानमा अन्य उम्मेदवारहरू पनि होमिएका छन् । नेपाली काँग्रेसबाट डाक्टर सरोज कुमार, नेकपा एमालेबाट धर्मेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन महतो, जनमत पार्टीबाट विपिन यादव चुनावी मैदानमा छन् । 

यस्तै सर्लाही क्षेत्र नम्बर–३, मा पनि अधिकांश उम्मेदवारको अनुहार पुरानै छ । नेकपा एमालेका नेता हरि प्रसाद उप्रेतीले यसपटक पनि टिकट पाएका छन् । उप्रेती २०७४ देखी लगातार उम्मेदवार बन्दै आएका छन् । तर, ०७४ मा नेकमा माओवादी केन्द्रका रामेश्वर राय यादव सँग पराजित भएका थिए । 

त्यस पछि २०७९ मा भने, नेकपा विजयी भए । यस पटक रक्षा मन्त्री समेत बनेका उप्रतीले यस पटक पनि चुनावी यात्रालाई निरन्तरता दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । श्रेष्ठले यस पटक सर्लाही क्षेत्र नम्बर ३ रोजाइमा पारे । 

उनेका उपस्थितीले यहाँको चुनावी माहोल गर्माएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीको चुनावमा लगातार पराजय ब्यहोरेका नेता श्रेष्ठ यसपटक सर्लाहीबाट यो यात्रा टुंग्याउने योजनामा छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको उम्मेदवारको अनुहार समेत पुरानै परेको छ । रास्वपाबाट टिकट पाएका नरेन्द्र साह २०७९ को चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । 

थोरै मतान्तरले उनी नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती सँग पराजित भए । यस पटक फेरी सोही टकराव देखिने भएको छ । यो सँगै चुनावी मैदानमा नेपाली काँग्रेसबाट विनोद खनाल, जनता समाजवादी पार्टीबाट डाक्टर जेपी यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

यता सर्लाही क्षेत्र नम्बर–४, निकै चर्चामा छ । २०७९ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका डाक्टर अमरेश कुमार सिंह यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटमा उम्मेदवारी दर्ता गर्न पुगे । भने, सोही क्षेत्रबाट नेपाली काँग्रेसका सभापति गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस सभापति थापाले आफ्ना वारेस मार्फत उम्मेदवारी दर्ता गराएका हुन । यो सँगै यहाँको चुनावी माहोल निकै रोमान्चक हुने पक्का जस्तै बनेको छ । 

यसै क्षेत्रका प्रभावसाली नेता मानिने संविधान सभा सदस्य समेत रहेका शिवपुजन रायले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी एमाले प्रवेश गरेको घटना क्रमले सबैलाई थप चनाखो बनाएको छ । तथापी यहाँ यिनै दुइ उम्मेदवार सभापति गगन थापा र डाक्टर अमरेस कुमार सिंहको टक्राव देखिने राजनीतिक वृत्तमा चर्चा छ । 

यस क्षेत्रको चुनावी मैदानमा एमालेबाट रविशंकर कुशवाहा, जनता समाजवादी पार्टीबाट रामेश्वर राय यादवको उम्मेदवारी परेको छ । यादव यस पहिला नेपाली कम्युनिष्ट पार्टीमा थिए । आफूले टिकट नपाएपछि असन्तुष्ट बनेका उनी दुई दिन पहिलामात्र जनता समाजवादी पार्टी प्रवेश गरेका हुन । भने, नेपाली कम्युनिष्ट पार्टीबाट यस पटक डाक्टर रजनिस यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

यस क्षेत्रमा जनमत पार्टीबाट राकेश मिश्र र नेकपा एमालेबाट अर्का उम्मेदवार अवनिश यादवको समेत उम्मेदवारी परेको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles