Friday, April 10, 2026

सर्लाहीमा वन चौकीदारको विभत्स हत्या 

ताजा / भरखरै प्राप्त

ईश्वरपुर–सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित सागरनाथमा चौकीदारको विभत्स हत्या भएको छ । 

शुक्रबार ईश्वरपुर नगरपालिका–२, राईटरखोर निवासी ४७ वर्षका रामईश्वर महतोको विभत्स हत्या भएको हो । सागरनाथ वन परियोजनाको चौकीदार महतोको घाटी काटेर टाउको छुट्याएको अवस्थामा १० नम्बर प्लट नजिकै सव फेलापरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार झाडीमा महतोको गिड मात्र फेला परेको थियो । 

वन तस्करले महत्वको विभत्स हत्या गरेको आशङ्का गरिए पनि यकिन कारण खुलेको छैन । परियोजनाको चौकीदार महतो  वनमा रूख काटिरहेको भन्दै साइकलमा वन तर्फ लागेका परिवारको भनाई छ । अबेर सम्म पनि सम्पर्कमा नआएपछि साँझ नै परिवारले खोजी गरेका ज्वाई विर बहादुर सिंहले बताए । खोज्ने क्रममा वनको झाडीमा महतोको विभत्स शरीर मात्र फेला परेको सिंहको भनाई छ । 

परिवारले लगतै प्रहरीलाई खवर गरेका थिए । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय केश्वरगंज, जिल्ला प्रहरी कार्यालय सर्लाही, लालगढबाट पुगेको कुकुर सहितको विशेषज्ञ प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । प्रहरीले अहिले महतोको टाउकोको खोजी तीब्र पारेको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles