Tuesday, February 17, 2026

सर्लाहीको बागमतीमा २३२ जनाको आँखाको ज्योति फर्काइयो

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा मोतिया बिन्दुको शल्यक्रिया गरेर २३२ जनाको आँखाको ज्योति फर्काइएको छ ।

बागमती नगरपालिका–१२, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्रमा सम्पन्न तीन दिने निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको हो । गत सोमबारबाट केन्द्रमा निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर सुरु भएको थियो । बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र तिलगङ्गा आँखा प्रतिष्ठानको सम्युक्त आयोजनामा शिविर सम्पन्न भएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए ।

शिविरमा पहिलो दिन ७९ जनाको, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको थियो । शिविर अन्तरगत गत पुस १५ गतेबाट जिल्लाको चार पालिका बागमती, बरहथवा, बलरा र बसवरियामा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० बढीको आँखामा मोतिया बिन्दुको समस्या फेला परेको शिविर आयोजक बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्द मोहन झाले जानकारी दिए ।

सहसंयोजक झाका अनुसार प्रतिकुल मौसमका कारण धेरै वृद्ध बिरामीलाई क्याम्प सम्म ल्याउन नसक्दा सबैको आँखाको शल्यक्रिया हुन नसकेको हो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट खटिएका डाक्टर रचना सिंह रानाको टोली सेवा दिएका थिए । भने, बागमती नगरपालिकाले बिरामीहरूको गाँस र बासको व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए । गाउँ घरमै शिविरमा सहभागि भएर आँखाको उपचार गर्न पाउदा वृद्धवृद्धाहरुले खुसी व्यक्त गरे ।

गत वर्षबाट तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाको रुपमा बागमती नगरपालिका–१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएको हो । केन्द्र संचालन भए सँगै यस क्षेत्रका आँखाको बिमारीले सहज सेवा पाएको प्रतिकृया दिएका छन । बेलाबेलामा गाउँ घरमै सेवा दिन आउने निःशुल्क शिविरका कारण निकै सुविधा भएको बागमती नगरपालिका–१, निवासी ६८ वर्षकी नन्द कुमारी भुजेलले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles