Tuesday, February 17, 2026

सयपत्री र टुटेश्वर जिरायत कपको सेमिफाइनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

राजु लो तामाङ–सर्लाहीको बागमतीमा जारी दोस्रो जिरायत कप फुटबल प्रतियोगितामा बिहीबारबाट क्वाटर फाइनलका खेल सुरु भएको छ ।

पहिलो क्वाटरफाइनल खेलमा सयपत्री सामुदायिक युवा केन्द्र हात्तीलेट महोत्तरीले आश्रय निर्माण सेवा प्रा.लि.अल्टोकी रौतहटलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सयपत्री प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । निर्धारित समयमा सयपत्रीका अजय दनुवारले गरेको गोल नै निर्णायक गोल बन्यो । दनुवार खेलको म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए ।

त्यस्तै आजै भएको दोस्रो क्वाटरफाइनल खेलमा टुटेश्वर युवा क्लब बर्दिबासले आयोजक ओम युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा आयोजकले केही राम्रा अवसरहरु गुमाउँदा खेलमा हार बेहोर्न पुगे । उत्कृष्ट खेल खेलेका आयोजकले गोल गर्न चुकेपछि अन्तत टुटेश्वरले पाएको पहिलो कर्नरमै नन्दु श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेल आफ्नो पक्षमा बनाए ।

खेलको म्यान अफ द म्याच टुटेश्वरका नन्दु श्रेष्ठ घोषित हुँदै पुरस्कार हात परे । त्यस्तै शुक्रबार प्रतियोगिताको तेस्रो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा लालभित्ती युवा क्लब हरिवन विरुद्ध आइडल को. एड. एकेडेमी लालबन्दी तथा अन्तिम क्वाटरफाइनलमा पञ्चधुरा सामुदायिक सेवा केन्द्र विरुद्ध द अनुप सेवा समाज बरहथवा बीच प्रतिस्पर्धा हुनेछ ।

माघ १० गतेबाट सुरु भएको प्रतियोगितामा सर्लाही, महोत्तरी, रौतहट र बाराका गरि स्थानीय १६ वटा टिमको सहभागी रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles