राजु लाे तामाङ, बागमती–सर्लाहीको बागमतीमा सुरु भएको दोस्रो जिरायत कप फुटबलमा आश्रय निर्माण सेवा प्रा.लि. अलटोकी रौतहटले विजयी सुरुवात गरेको छ ।
शनिबार(आज) बागमती नगरपालिका–४, स्थित ओम युवा क्लबको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आश्रय निर्माण सेवा प्रा.लि. अलटोकी रौतहट र युनाइटेड युवा क्लब बर्दिबास विच प्रतिस्पधा भएको थियो । खेलमा आश्रय निर्माण सेवा रौतहट १–० गोल अन्तरगले विजयी भएको हो । रौतहटका आयुष घिमिरेले गरेको गोल नै निर्णायक बन्यो ।
खेलमा निर्णयक गोल गरेका घिमिरेले म्यान अफ द म्याचको ट्रफी समेत हातपारे । शनिबारबाट सुरु भएको प्रतियोगिताको औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको आयोजक क्लबका अध्यक्ष प्रदिप आलेले जानकारी दिए । बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिएको हो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य राजकुमार बिश्वकर्मा, पार्वती विश्वकर्मा, बागमती ४ का कार्यवाहक वडाध्यक्ष अर्धमान सिङतान, वडा सदस्य रामसुन्दर महतो लगायतको आतिथ्यता रहेको थियो । बागमती नगरपालिका–४, स्थित ओम युवा क्लबको आयोजनामा हुनलागेको प्रतियोगितामा सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी १६ टिमले सहभागिता जनाएका छन् ।
माघ २० गते फाइनल खेलहुने प्रतियोगिताको विजेता टोलीले ७५ हजार, शिल्ड र मेडल तथा उपविजेताले ३० हजार, शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएको हो । स्थानीय स्तरमा रहेका खेल र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित यस क्लबले गत वर्षबाट प्रतियोगिता संचालन गर्दै आएको हो । प्रतियोगिताको लागत ५ लाख अनुमान गरिएको क्लबका अध्यक्ष प्रदिप आलेले जानकारी दिनुभयो ।

