Tuesday, February 17, 2026

देशमै सबै भन्दा धेरै सर्लाही–४ मा ३९ जनाको उम्मेदवारी

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीमा आसन्न निर्वाचनको लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्पन्न मनोनयन पत्र दर्ता कार्यक्रममा चार वटै निर्वाचन क्षेत्रमा गरी १३३ जनाले उम्मेदवारी दर्ता गराएका हुन । यस मध्य ६१ जनाले दलगत रुपमा उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भने, ७२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र अन्तरगत १ नम्बरमा २९ जनाको उम्मेदवारी परेकोमा १९ जनाले दलबाट र १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचन अधिकृत टिका बहादुर थापाले जानकारी दिए। क्षेत्र नम्बर २ मा ३१ जनाको उम्मेदवारी परेको छ । त्यस मध्य १४ जनाकाे विभिन्न दलबाट र १७ जनाकाे स्वतन्त्र उम्मेदवारी परेकाे निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।

यस्तै निर्वाचन क्षेत्रनम्बर ३ मा आसन्न निर्वाचनको लागि ३४ जनाको उम्मेदवारी परेको छ । यहाँ १५ जनाले विभिन्न पार्टीबाट उम्मेदवारी दिएका हुन। भने, १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उम्मेदवारहरूको नाम दर्ता राती ७ बजेसम्म चलेको निर्वाचन अधिकृत नवराज आचार्यले बताए ।

निकै चासोको साथ हेरिएको सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवारी पनि सबैभन्दा धेरै परेको छ । नेपाली काँग्रेसका सभापति गगन थापा र रास्वपाबाट उम्मेदवार बनेका अमरेश कुमार सिंह बिचकाे प्रतिष्पर्धा हुने ठानिएको यस क्षेत्रमा ३९ जनाले उम्मेदवारी परेकाे हाे । यस क्षेत्रमा १३ जनाले विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता गराउदा त्यसको दुई गुणा २६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles