सर्लाही–आसन्न निर्वाचनको लागि सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मङ्गलबार सम्पन्न मनोनयन दर्ता कार्यक्रममा जिल्लाको चार वटै क्षेत्रम उत्साहजनक उम्मेदवारी दर्ता भएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा विभिन्न पार्टीबाट ६१ जना र ७२ जना स्वतन्त्र गरी १३३ जनाको उम्मेदवारी परेको छ । मङ्लबार बिहान निर्धारित समयबाट सुरु भएको मनोनयन पत्र दर्ता कार्यक्रम राती अबेर सम्म चलेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनु भयो ।
उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १९ जनाले दलबाट र १० जनाले स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रबाट नेपाली काँग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोद साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नितिमा भण्डारी, जनता समाजवादी पार्टीबाट रामप्रकाश चौधरी, नेकपा एमालेबाट मनोज कुमार आचार्य, लगाएतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै क्षेत्र नम्बर २, मादिनुभएको निर्वाचन अधिकृत टिका बहादुर थापाले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ मा ३१ जनाको उम्मेदवारी परेको छ । त्यस मध्य १४ जनाले विभिन्न दलबाट र १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनु भयो ।
यस्तै निर्वाचन क्षेत्रनम्बर ३ मा आसन्न निर्वाचनको लागि ३४ जनाको उम्मेदवारी परेको छ । यहाँ १५ जनाले विभिन्न पार्टीबाट उम्मेदवारी दिनुभएको छ । भने, १९ जनाले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । उम्मेदवारहरूको नाम दर्ता राती ७ बजेसम्म चलेको निर्वाचन अधिकृत नवराज आचार्यको भनाई छ ।
निकै चासोको साथ हेरिएको जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवारी पनि सबैभन्दा धेरै परेको छ । नेपाली काँग्रेसका सभापति गगन थापा र रास्वपा बाट उम्मेदवार बनेका अमरेश कुमार सिंह बिच निकै ठुलो प्रतिष्पर्धा हुने ठानिएको यस क्षेत्रमा ३९ जनाले उम्मेदवारी दिएका हुन । यस क्षेत्रमा १३ जनाले विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता गराउदा त्यसको दुई गुणा २६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

