Tuesday, February 17, 2026

आजबाट दोस्रो जिरायत कप : उद्घाटनमा आश्रय निर्माण र युनाइटेड बर्दिवास भिड्ने

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमतीमा आजबाट दोस्रो जिरायत कप उद्घाटन हुदैछ ।

सम्पुर्ण तयारी पुरा भएकाे प्रतियोगिताको शनिबार उद्घाटन खेलमा आश्रय निर्माण सेवा प्रा.लि. अलटोकी रौतहट र युनाइटेड युवा क्लब बर्दिबास विच प्रतिस्पर्धा हुने आयोजक ओम युवा क्लबले जनाएको हो । बागमती नगरपालिका–४, स्थित ओम युवा क्लबको आयोजनामा हुनलागेको प्रतियोगितामा सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी १६ टिमले सहभागिता जनाउने भएका छन् ।

माघ २० गते फाइनल खेलहुने प्रतियोगिताको विजेता टोलीले ७५ हजार, शिल्ड र मेडल तथा उपविजेताले ३० हजार, शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएको हो । स्थानीय स्तरमा रहेका खेल र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित यस क्लबले गत वर्षबाट प्रतियोगिता संचालन गर्दै आएको हो । प्रतियोगिताको लागत ५ लाख अनुमान गरिएको क्लबका अध्यक्ष प्रदिप आलेले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक आर्थिक स्थानीय खेलप्रेमी, उद्योगी व्यवसायी, देश विदेशमा रहेका सहयोगी दाताहरूबाट संकलन गरिएको उनले बताए । सहआयोजक रहेको बागमती नगरपालिका र वडा कार्यालयबाट समेत खेल सामाग्री प्रप्त भएको क्लबका सचिव मनोर रसाइलीको भनाई छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सञ्चालन हुनलागेको प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी प्रदान गर्ने आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles