Tuesday, February 17, 2026

अन्नपूर्ण चिनी उद्योगमा मजदुरको च्यापिएर मृत्यु

ताजा / भरखरै प्राप्त

धन्कौल–उखुको खुवा बनाउने मेसिनमा च्यापिएर अन्नपूर्ण चिनी उद्योग धन्कौलमा एक मजदुरको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार उद्योगको मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । राय धन्कौल–३, मा रहेको चिनी उद्योगको खुवा बनाउने ठाउँमा उद्योग मजदुरी रुपमा काम गर्दै आएका थियो । 

बिहान काम गर्ने क्रममा एक्कासि मेसिनमा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईले बताए । घटना पछि उद्योगको क्रसिङ समेत केही समय अवरुद्ध भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles