मलङ्गवा–सर्लाहीको मलङ्गवाबाट अवैध लागू औषध गाजाँ सहित दुई युवक पक्राउ परेका छन् ।
७ किलो ८०० ग्राम गाजा गाजा तस्करी गर्दै गरेको अवस्थामा बिहीबार मलङ्गवा नगरपालिका–७, स्थित गणेशिया चोकबाट दुई युवक पक्राउ परेका सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरू कौडेना गाउँपालिका–१, बस्ने १९ वर्षका निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३, बस्ने ३२ वर्षका शेष मोफिज हुन् ।
शिवसागर चोक तर्फ आउदै गरेका उनीहरु सवार बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा रोकेर चेकजाँच गर्ने क्रममा प्रहरी गाजा बरामद गरेको जनाएको छ । उनीहरुले गाजालाई मोटरसाइकलको सिट आकार बनाएर तस्करी गर्नलागेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता राईको भनाई छ । नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मण्डल र पछाडि सवार रहेका मोफिज, बरामद गाजा र मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरु विरुद्ध अवैध लागू औषध मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

