Wednesday, February 18, 2026

मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका वृद्धको सनाखत

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको नवलपुरमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका वृद्धको सनाखत भएको छ ।

मङ्गलबार पुर्व पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–१, लखन्देही पुल नजिकै एक वृद्धलाई मोटरसाइकलले ठक्कर दिएको थियो । टाउकोमा गहिरो चोटलागेका वृद्धको उपचारको क्रममा वीरगञ्ज न्युरो अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको हुन् । सुरुमा पहिचान नखुलेको मृतक मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षका राम विलास महतो रहेको प्रहरीले जनाएको छ ।

मृतको आफन्तको खोजी गर्ने क्रममा भाई ओसिन्दर महतोले शवको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । महतोलाई बाटो काट्ने क्रममा ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । उनलाई तत्काल नवलपुर स्थित भानु अञ्जली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भुजेलकी श्रीमती २९ वर्षकी बिर्सना माया भुजेल समेत सामान्य घाइते भएकी छिन् । मृतकको शव परीक्षणको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक लालबन्दी नगरपालिका–१७, रानिगंज निवासी ३१ वर्षका सुनिल भुजेललाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएर अनुसन्धान सुरुगरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles