Tuesday, February 17, 2026

बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको अध्यक्षमा पन्त चयन

ताजा / भरखरै प्राप्त

बागमती, रौतहट–सर्लाही बुढ्यौली साहित्य समाजको अध्यक्षमा साहित्यकार एवं प्राध्यापक घनश्याम पन्त चयन भएका छन् ।

बिहीबार बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय कर्मैयामा समाजको पहिलो अधिवेशन सम्पन्न भएको हो । सम्पन्न प्रथम अधिवेशनले पन्तको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा गठन गरेको छ । साहित्यकार शालिग्राम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना भएको आयोजकले जनाएको हो ।

यस्तै समाजको नव गठित समितिको उपाध्यक्षमा रेणु गुप्ता, सचिवमा किसुनदयाल यादव, कोषाध्यक्षमा रामप्रसाद आचार्य, सदस्यहरुमा मीना देवकोटा, टङ्क उप्रेती, मुकेशकुमार मिश्र, केदार सिग्देल, अर्जुन थापा, लक्ष्मी श्रेष्ठ लगायत चयन भएका छन् । सोही अवसरमा विभिन्न ७ जिल्लाका बुढ्यौली साहित्यकारहरुले ११ औँ साहित्यिक श्रृङ्खला वाचन कार्यक्रम समेत सम्पन्न गरेका थिए ।

अधिवेशनमा सर्लाही बागमती निवासी बुढ्यौली साहित्यकार रमेश मोहन अधिकारी र समाजसेवी रमेश कुमार निरौलालाई सम्मान समेत गरिएको बुढ्यौली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष लम्वोदर काफ्लेले जानकारी दिए ।

 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles