Tuesday, February 17, 2026

बागमती सहकारीको ७ औँ वार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा रहेको बागमती सहकारी संस्थाले ७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

शुक्रबार बागमती नगरपालिका–४, जिरायतमा संस्थाको ७ औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको अध्यक्ष बिएस खड्काले जानकारी दिए । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभामा संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को लेखा परिक्षण प्रतिवेदन, संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको सहकारीका व्यवस्थापक देव कृष्ण खड्काले बताए । यस संस्थाले गत आर्थिक वर्षका गरेको वित्तिय कारोबारबाट १५ लाख ६३ हजार ८०० खुद मुनाफा आर्जन गरेको छ । सोही समयमा यस संस्थाले २ करोड २८ लाख ७८ हजार ७७७ रुपैयाँ बराबरको कारोबार गरेको संस्थाले जनाएको हो ।

बागमती नगरपालिका भरी कार्यक्षेत्र रहेको यस संस्थाको मुख्य कार्यालय बागमती नगरपालिका–११, कर्मैया र सेवा कार्यालयहरु मिलनचोक, धरहरा, खाल्टे र सोल्टीमा स्थापना गरी वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

संस्थाको साधारण सभा कार्यक्रममा बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामा, कार्यवाहक उपमेयर रुपा बम्जन, बागमती–२, का वडाध्यक्ष टेक बहादुर बल, वडा नम्बर ८ का वडाध्यक्ष डम्बर बहादुर कार्की, कार्यपालिका सदस्य राजकुमार महतो, वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष अर्थमान स्याङतान, ११ का कार्यवाहक अध्यक्ष आइत बोट, दीपक कुमार रानाभाट, गोकर्ण रूपाखेती लगायतको आतिथ्यता रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles