Tuesday, February 17, 2026

‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा १२ गते नेकपाको वृहत एकता भेला हुने

ताजा / भरखरै प्राप्त

मलङ्गवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को वृहत एकता भेला हुने भएको छ ।

पुस १२ गते शनिबार जिल्ला सदरमुकाम मलंगवामा पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’को प्रमख आतिथ्यतामा एकता भेला गर्ने तयारी भएको हो । भेलाको तयारी स्वरुप सोमबार मलङ्गवामा पार्टीको बैठक समेत सम्पन्न भएको नेपाली कम्युनिष्ट पार्टीका नेता अर्जुन पन्तले जानकारी दिए । भेलाका लागि अहिले प्रत्येक निर्वाचन क्षेत्र तथा पालिकाहरुमा समेत तयारी बैठकहरु भइरहेका पार्टीका नेता सुरेन्द्र लामाको भनाई छ ।

मलङ्गवामा हुने उक्त १२ गतेको भेला पार्टीको लागि ऐतहासिक एकता भेला हुने एक नेताले बताए । भेलालाई पार्टीका केन्द्रीय सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले सम्वोधन गर्ने श्रोतको दावी छ । नेकपालाई अहिले देशभर एकता भेलासँगै आगामी फागुन २१ को उम्मेदवार चयनको चटारो समेत छ । ७ वटा घटक दल सामेल नेपाली कम्युनिष्ट पार्टीले उक्त दिन मलङ्गवामा मानवसागर ओराल्ने जनाएको छ । ।

 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles