Wednesday, February 18, 2026

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ताजा / भरखरै प्राप्त

लालबन्दी–ट्रकको ठक्करबाट सर्लाहीको नवलपुरमा एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार नवलपुर–मलङ्गवा सडक खण्ड अन्तरगत लालबन्दी नगरपालिका–२, नवलपुर स्थित जुटपानीमा ना ७ ख ७३६९ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट लालबन्दी नगरपालिका–२, बस्ने अन्दाजी ६०÷६५ वर्षका मेन्डु दोर्जे लोप्चनको मृत्यु भएको छ ।

कवाडीको सामान बोकेर मलङ्गवाबाट नवलपुर तर्फ आँउदै गरेको उक्त ट्रकले विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो । दुर्घटनामा पर्नु भएको लोप्चनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

घटना पछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरिदिएका छन् । भने, घटना स्थलमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन । फरार रहेका ट्रकचालकको खोजी जारी रहेको र ट्रक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनु भयो । मृतकको शव मुचुल्का पछि पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles