Wednesday, February 18, 2026

लालबन्दीबाट चोरीका गरगहना सहित ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीको गरगहना र पैसा सहित ४ जनालाई पक्राउ गरेको छ ।

बिहीबार ईलाका प्रहरी कार्यालय लालबन्दीले प्रेस नोट जारी गर्दै चोरी भएको गरगहना, बिक्री गरेको रकम र संलग्न ४ जना सहित घटना सार्वजनिक गरेको हो । लालबन्दी क्षेत्रमा केही दिन यता घर फोडेर सृंखलाबद्ध चोरीका घटना भएका थिए । पीडितहरुको उजुरीको आधारमा अनुसन्धान गर्दा चोरीका गरगहना सहित घटनामा संलग्न ४ जना पक्राउ परेका ईलाका प्रहरी लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–१० चन्द्रपुर बस्ने आर.के. ज्योलर्सका संचालक ४२ वर्षका रमेश विश्वकर्मा, वडा नम्बर ६ बस्ने साईरा ज्वलर्सका संचालक ३१ वर्षका कुमार विश्वकर्मा, धन्कौल गाउँपालिका ६ घर भई लालबन्दी नगरपालिका–७, डेरा गरी बस्ने ३५ वर्षकी पिंकी देवी साह र परिवर्तित लालबन्दी २२ रहेका छन् । घटनामा संलग्न मध्य लालबन्दी–२२, चोरीमा संलग्न मुख्य अभियूक्त रहेको र साह चोरीका गरगहना विक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

दुवै जना सुनचाँदी पसल संचालकहरुले भने, कागजात विनाको चोरीको सुनका गरगहनाहरु किन्ने गरेको पाहिएकोले अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । चोरीमा संलग्न लालबन्दी २२ को बयानको आधारमा प्रहरीले उनी बस्ने लालबन्दी स्थित कोठा खानतलासी गर्ने क्रमम दराज र सेफमा लुकाएर राखेको अवस्थामा एक लाख ४४ हजार नगद, एक थान चोरीको तीलहरी समेत बरामद गरेको थियो ।

बरामद तिलहरी भने केही दिन पहिला लालबन्दी नगरपालिका–९, बस्तीपुर बस्ने प्रमोद कुमार लुईटेलको घरबाट चोरी भएको पीडितबाट सनाखत भएको प्रहरीले जनाएको हो । घटनाका अभियुक्तहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

यता जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा समेत केही दिन देखी दिउसै घरको झयाल र ढोका फोडेर सृङखलाबद्ध चोरी भइरहेको स्थानीयको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles