Wednesday, February 18, 2026

घरमा लुकाई राखेको गाँजा बरामद

ताजा / भरखरै प्राप्त

पर्सा–सर्लाहीको पर्साबाट प्रहरीले घरमा लुकाई राखेको अवस्थामा लागू औषध गाजा बरामद गरेको छ । 

गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पर्सा गाउँपालिका–१, स्थित रामसिरिठ मण्डलको घरमा लुकाएर राखेको १ किलो ८०० ग्राम प्रतिबन्धित लागू औषध गाजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय संग्रामपुरबाट पुगेको प्रहरी टोलीले मण्डलको घर खान तलासी गरेको थियो । 

सोही क्रममा बाँस र माटोले बनेको खाना पकाउने भान्सा घरको टाटीमा निलो र रातो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा गाजा बरामद भएको हो । बरामद गाजा सहित पक्राउ परेका मण्डललाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles