Wednesday, February 18, 2026

२५ औँ जनमुक्ति सेना दिवसको अवसरमा, सहीदका परिवारलाई सम्मान

ताजा / भरखरै प्राप्त

२५ औँ जनमुक्ति सेना दिवसको अवसरमा, सहीदका परिवारलाई सम्मान हरिवन–पूर्व जनमुक्ति सेना संघ नेपालको आयोजनामा जिल्लाका सहिद परिवारलाई सम्मान गरिएको छ ।  २५ औँ जनमुक्ति सेना दिवसको अवसरमा सोमबार हरिवन नगरपालिका–१,स्थित रोशन स्मृति पार्कमा आयोजित कार्यक्रमका बिच सहिद परिवारलाई सम्मान गरिएको हो । पूर्व जनमुक्ति सेना सङ्घ सर्लाहीको आयोजनामा माओवादी द्वन्द्वकालमा ज्यान गुमाएका जिल्लाका शहीद परिवारको सम्मान गरेर दिवस मनाइएको सङ्घका सर्लाही अध्यक्ष टंक बहादुर बोहरा(शितल)ले जानकारी दिए ।  नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व जनमुक्ति सेनाका कमान्डर माधव सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि सापकोटाले जनयुद्धको सुरुवात देखी हाल सम्मको साङ्गठनिक गतिविधिका बारेमा समेत प्रष्ट पारेका थिए । भने, हालको राजनीतिक समीकरणको विषयमा समेत स्पष्ट पार्दै पार्टीले लिएको अभियानमा पूर्ण समर्पित भएर लागी पर्न समेत आह्वान गरे । उक्त कार्यक्रममा पार्टीका सर्लाहीका पहिलो सहिद इन्द्र कोइरालाको परिवारलाई हस्तान्तरण गरिएको घर निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै तत्कालीन नेकपा माओवादी केन्द्र सर्लाही इन्चार्ज अच्युतम काफ्ले, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, बागमतीका तत्कालीन मेयर भरतकुमार थापा, निर्माण समिति संयोजक सन्देश श्रेष्ठलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा नव गठित नेपाली कम्युनिष्ट पार्टीका जिल्ला स्थित नेता कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमका अधिकांश वक्ताहरूले जनयुद्धलाई अपमान जनक ढङ्गले प्रस्तुत गर्ने कार्यको भर्त्सना गर्दै यसलाई भावीपुस्तालाई सम्मले अध्ययन गर्ने बाटो बनाउनु पर्नेमा जोड समेत दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles