Friday, April 10, 2026

सर्लाहीको हरिपुर्वामा माटोको ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाहीको हरिपुर्वा नगरपालिकामा माटोको ढिस्कोले पुरीएर ४ जनाको मृत्यु भएको छ ।  बुधबार बिहान ९ः३० बजेको समयमा जिल्लाको हरिपुवा नगरपालिका–१, स्थित हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्को खसेको हो ।

माटोको ढिस्कोले पुरिएर छिमेकी जिल्ला महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथाना बस्ने ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको  छ ।

घटनामा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६, बस्ने एकै गाउँका ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षका डिल्लु मन्सुर र ९ वर्षकी नर्गिस खातुनको ज्यान गएको हो । ढिस्काले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थिए । अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक वलिष्ठर सिंहले जानकारी दिए ।

नजिकिँदै गरेको चाडवाडको लागी घर लिप्ने माटो लिन पुगेका उहाँहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीले जनाएको छ । सर्लाही र महोत्तरीको सीमानामा अवस्थित हर्दी खोला किनारमा स्थानीय घर लिप्ने माटो खन्न जाने गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles