बागमती –सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटमा उमेर समुह अन्तरगतको फुटवल प्रतियोगिता हुने भएको छ ।
बागमती नगरपालिका–६, राजघाटमा शुभ दिपावलीको अवसरमा ३२ वर्ष माथी उमेर समुहको फुटवल खेल हुन लागेको हो । समाज सेवा युवा क्लब र शान्तिवन युवा कल्बको संयुक्त आयोजना हुनलागेको प्रतियोगितामा विभिन्न क्लबहरु सहभागी हुनसक्ने आयोजक क्लबका अध्यक्ष उत्तम वाइबाले जानकारी दिए ।
प्रतियोगिता बागमती नगरपालिका–६, स्थित लालबहादुर चोक नजिकैको खेल मैदानमा खेलाइने भएको छ । प्रतियोगिताको बिजेताले १० धार्नी बराबरको खसी, उपविजेताले ७ धार्नी बराबरको खसी र तेस्रो हुनेले तीन वटा रोचक भाले उपहार वापत प्राप्त गर्ने आयोजकले जनाएको हो ।
प्रतियोगितामा सहभागी हुन चाहेनेले यहि असोज २७ गते दिउसो २ बजे सम्म आयोजक सँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

