लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकारमा जाने मन्त्रीहरूको चर्चा सुरु भएको छ ।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीका नियुक्त गरे लगतै मन्त्री बन्ने दौड सुरु भएको हो । विभिन्न ६ दलबाट नेताहरू मन्त्री बन्ने र बनाउने प्रतिस्पर्धा सुरु भएको छ । केही प्रदेश सभा सदस्यहरूको विगतको पृष्ठभूमिलाई आधार बनाएर नेता र नागरिक स्तरमा मन्त्रीको सम्भावित नामको रुपमा चर्चा हुन थालेको छ ।
यसरी चर्चामा देखिएका मध्य केही पार्टी सङ्गठनको प्रभावमा रहेका प्रदेश सभा सदस्यहरू छन । भने, केही यस पहिला मन्त्री बनेर उदाहरणीय काम गरेका व्यक्तिहरू छन । ६ दल मध्यको एक नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता समेत रहेका युबराज भट्टराईको नाम पनि यतिबेला चर्चामा छ ।
नेता भट्टराई अघिल्लो सरकारमा ५४ दिन उद्योग तथा पर्यटन मन्त्री बनेका थिए । छोटो समय मधेश प्रदेश सरकारको मन्त्री बनेका उनको कार्यशैलीको अहिले नेता र जनवृत्तमा एका एक चर्चा सुरु भएको छ । अघिल्लो सरकारमा उनले पर्यटन क्षेत्रमा गरेका कामको प्रशंसा पार्टीमा समेत हुने गरेको एक नेताले दावी गरे ।
यस विषयमा पार्टीले भने आधिकारिक धारण तयार गरिसकेको छैन । छिटै पार्टीले गर्ने निर्णयमा नेता भट्टराईको यस पहिलाको कार्यशैलीको मुल्यांकन हुने माओवादी केन्द्र निकट मजदुर सङ्गठनका केन्द्रिय सदस्य गौतम खड्काले बताए । स्थानीय स्तरमा रहेका नेता तथा कार्यकर्ताले भट्टराईलाई मन्त्री बनाउनु पर्ने दवाव समेत सृजना गरिरहेका उनको दावी छ ।
नेता भट्टराई आफैले भने, पार्टीले गरेको निर्णय स्वीकार गर्ने बताए । ‘‘ यस पहिला पनि आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्न खोजे ।’’ उनले भने, ‘‘त्यस बेला केही दिनमै सरकारबाट बाहिरिनु पर्यो । मैले सुरु गरेका केही उत्कृष्ट योजना त्यसै अलपत्र छ । त्यो पुरा गर्न पनि पार्टी सरकारमा गएको बेला अवसर पाए काम गर्न सकिने थियो भन्ने लागेको छ ।’’
फेरी पनि पार्टीको निर्णय अन्तिम हुने र आफूले स्वीकार गर्ने उनले दोहोर्याए । उनले यस पहिला ५४ दिन उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री हुदाँ मधेश प्रदेशमा गुमनाम रहेका केही महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको विकासको योजना अघिसारेका थिए । भने, उद्योग र वाणिज्य क्षेत्रमा समेत परिवर्तनको आश देखाएका पार्टी सम्बद्ध अखिल नेपाल मजदुर सङ्गठन रौतहट अध्यक्ष झलक श्रेष्ठको भनाई छ ।
नेता भट्टराईलाई ६ दलीय गठबन्धन सरकारमा पार्टीेले आफ्नो तर्फबाट मन्त्री छनौट गर्ला ? पार्टी भित्र र जनमानसमा समेत निकै चासो व्यक्त भइरहेको छ । यस पहिला मन्त्री भएको बेला जनमुखी नीति तथा कार्यक्रम सार्वजनिक गरेका उनी जनमानसमा निकै लोकप्रिय बनेका थिए ।

