Wednesday, February 18, 2026

बलरा स्थित मनुसमारामा डुबेर युवकको मृत्यु

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाहीको बलरा नगरपालिका स्थित मनुसमारा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

शुक्रबार बिहान बलरा नगरपालिका–१०, निवासी हरिनारायण चौधरीका छोरा २८ वर्षका विवेक भनिने हरिशङ्कर चौधरी पानी घोप्टो परेर डुबेको अवस्था फेला परेका प्रहरीले जनाएको हो । मनुसमारा खोलाको सुदामा ब्यारेजबाट ३० मिटर पूर्व युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले चौधरीको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । युवक कुन समय देखी खोलामा डुबेका थिए, भन्ने यकिन हुन नसकेको उहाँले बताउनु भयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles