Wednesday, February 18, 2026

पूर्व जनमुक्ति सेना सङ्घ सर्लाहीको अध्यक्षमा बोहरा चयन

ताजा / भरखरै प्राप्त

लालबन्दी–पूर्व जनमुक्ति सेना संघ नेपाल सर्लाहीको अध्यक्षमा टंक बहादुर बोहरा (शितल) चयन भएका छन् । 

शुक्रबार सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगञ्ज स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न तेस्राे भेलाले सङ्घको अध्यक्षमा बोहरालाई निरन्तरता दिने निर्णय गरेको हो । वडा कार्यालयको सभाहलमा सम्पन्न दोस्रो भेलाले बोहराको नेतृत्वमा ५० सदस्य समिति सर्वसम्मतिले चयन गरेको सङ्घले जनाएको छ ।

सङ्घको उपाध्यक्षमा कमल माया लुङ्गेली मगर र राम ईश्वर चौधरी, सचिवमा पूर्ण राज थापा मगर, सहसचिवमा रमेश लामा, कोषाध्यक्षमा सुनमाया स्याङ्तान र अन्य सदस्यमा चयन भएका सङ्घका जिल्ला अध्यक्ष बोहराले जानकारी दिए । भेलाले जिल्ला भरी रहेका घाइते जनमुक्ति सेना, सहिद परिवार, घाइते, बेपत्ता, द्धन्द्ध पिडित परिवार लगायतको अभिलेखीकरण गर्ने समेत निर्णय गरेको छ । 

भेलमा पूर्व जनमुक्ति सेनाका कमान्डरहरू केशव प्रसाद दहाल(सविन), मोहनलाल श्रेष्ठ(सन्देश), हेमलाल देवकोटा(संजय), अरुण बराइली(समिर) र टिका बहादुर दर्लामी(बिकल्प) लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा देशको विषम परिस्थितिको विषयमा समेत गम्भिर छलफल भएको सङ्घकी जिल्ला उपाध्यक्ष कमला माया लुङ्गेलीले बताइन ।

यस सङ्घले जिल्लाका पूर्व जनमुक्ति सेनाहरूलाई एक ढिक्का बनाउने काम गरिरहेको सहभागीहरूको प्रतिकृया थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles