Tuesday, February 17, 2026

पूर्व जनमुक्ति सेना नेपालको प्रदेश स्तरीय भेला भरत तालमा हुने

ताजा / भरखरै प्राप्त

बागमती–पूर्व जनमुक्ति सेना संघ नेपालको मधेश प्रदेश स्तरीय भेला पर्यटकीय क्षेत्र भरत ताल परिसरमा हुने भएको छ ।

संघका सर्लाही जिल्ला अध्यक्ष टंक बहादुर बोहरा(सितल)ले बागमती नगरपालिका–१२, स्थित भरत ताल परिसरमा भेलाको तयारी पुरा भएको जानकारी दिए । बुधबार(भाेलि) बिहान ११ बजेबाट हुने भेलामा ३०० हाराहारीमा मधेश प्रदेशमा रहेका पूर्व जनमुक्ति सेनाहरूको सहभागिता रहने उनको भनाई छ । 

नेकमा (माओवादी केन्द्र) मधेश प्रदेश कमिटीको आयोजनामा हुने भेलामा संघको हिजो र आजका विविध विषयमा अन्तरकृया समेत गरिने भएको छ । कार्यक्रममा पार्टीका प्रदेश इन्चार्ज मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यता रहने पार्टीले जनाएको हो ।  

संगठनका प्रदेश भरीबाट प्रदेश तथा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरू समेत सहभागी हुने तयारी रहेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले बताए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles