Tuesday, February 17, 2026

पूर्व जनमुक्ति सेनाको मधेश प्रदेश स्तरीय भेला तथा अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–पूर्व जनमुक्ति सेना नेपालको मधेश प्रदेश स्तरीय भेला सर्लाहीको बागमती नगरपालिका स्थित भरत तालमा सम्पन्न भएको छ । 

बिहीबार बागमती नगरपालिका–४, भरत ताल परिसरमा औपचारिक कार्यक्रमका बिच पूर्व जनमुक्ति सेनाको प्रदेश स्तरीय भेला र अन्तरकृया सम्पन्न गरिएको हो । नेकपा(माओवादी केन्द्र) मधेश प्रदेशको आयोजना भएको भेलामा पार्टीका केन्द्रिय आयोजक समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

पार्टीका केन्द्रिय आयोजक समिति सदस्य तथा पूर्व जनमुक्ति सेना नेपालका ब्रिगेडियर कमिसार जोग कुमार बर्बरिया यादव(जीवन)को अध्यक्षतामा भएको भेलाबाट पूर्व जनमुक्ति सेना नेपाल मधेश प्रदेश कमिटी समेत गठन भएको छ । कमिटीको संयोजकमा अरुण कुमार साह(अनिल) चयन भएका छन । भने, सहसंयोजकको जिम्मेवारी राजेन्द्र प्रसाद सिंह(रक्की)लाई प्रदान गरिएको छ । 

यो सँगै पूर्व जनमुक्ति सेना संघ नेपालको ३७ सदस्य मधेश प्रदेश कमिटी गठन भएको सङ्घका जिल्ला अध्यक्ष टंक बहादुर बोहरा(सितल)ले जानकारी दिए । भेलाले पूर्व जनमुक्ति सेना संघ नेपालको ८ वटै जिल्ला इन्चार्ज समेत तोकेको छ । कार्यक्रममा मधेश प्रदेश अन्तरगतका ८ जिल्लाबाट पूर्व जनमुक्ति सेनाहरू सहभागी भएका थिए । उनीहरूले आआफ्नो जिल्लाको बस्तु स्थितिबारे जानकारी समेत गराए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय आयोजक समिती सदस्य तथा बारा जिल्ला इन्चार्ज पूर्व जनमुक्ति सेना नेपालका बटालियन कमिसार क्षेत्रबहादुर श्रेष्ठ(अनिल)ले कार्यक्रमको औचित्यबारे प्रष्ट पारेका थिए । उनले देशको विषम परिस्थितिलाई ध्यान दिदैँ पूर्व जनमुक्ति सेनाहरू समेत चनाखो हुनुपर्नेमा जोड दिए । 

कार्यक्रमलाई सम्बोधन गर्नु पूर्व प्रमुख अतिथि तथा पार्टीका मधेश प्रदेश इन्चार्ज यादवले १० वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरे । उनले सम्पूर्ण घाइते योद्धाहरू प्रति उच्च सम्मान समेत प्रकट गर्दै सहिद परिवार प्रति संवेदना व्यक्त गरेका थिए । हालको विषम परिस्थितिको विश्लेषण सहित जनमुक्ति सेनाको योगदान र बलिदानको विषयमा उनले खुलेर चर्चा समेत गरे । 

१० वर्षे जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गरी अघि बढ्नुपर्ने कुरा भेलामा प्रष्ट पारे । कार्यक्रमका अन्य वक्ताहरूले समेत देशमा देखिएको परिघटनाले ठूला उपलब्धि र गहिरो इतिहासमाथि धावा बोलेको जिकिर समेत गरे । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles