Wednesday, February 18, 2026

बरहथवामा माझी सामुदायिक भवन उद्घाटन

ताजा / भरखरै प्राप्त

सरिता सापकाेटा, बरहथवा– सर्लाहीको बरहथवामा माझी कल्याण समाजको अगुवाईमा निर्माण सम्पन्न सामुदायिक भवन उद्घाटन गरिएको छ । 

शनिबार एक कार्यक्रमका बिच बरहथवा नगरपालिका–२, हजरीया स्थित माझी टोलमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरिएको हो । नगरकी मेयर कल्पना कटुवालको प्रमुख आतिथ्यतामा उक्त भवन उद्घाटन गरिएको कार्यक्रम संचालक नेपाल माझी उत्थान संघ सर्लाहीका उपाध्यक्ष राजकुमार कुशवारले जानकारी दिए । 

माझी समुदायको सामाजिक उत्थानका लागि सांस्कृतिक कार्यक्रमहरू संचालन गर्न, यस समुदायको मौलिक पहिचान झल्कने सामाग्री तथा ऐतिहासिक दस्तावेजहरूलाई लाइब्रेरीको रुपमा प्रदर्शन गर्न मिल्नेगरी भवन निर्माण गरिएको स्थानीय संस्था माझी कल्याण समाज हजरीयाका अध्यक्ष तथा कार्यक्रमका सभापति सुसन माझीले बताए । 

बरहथवा नगरपालिकाको २० लाख र वडा कार्यलयको ५ लाख गरी कुल २५ लाख लागतमा उक्त भवन निर्माण सम्पन्न गरिएको उनको भनाई छ । ‘‘हामी सँग गतिलो भवन नहुँदा हाम्रो जातीय संस्कृति झल्कने मौलिक सामाग्रीहरू राख्ने ठाउँ समेत थिए ।’’ संस्थाका अध्यक्ष माझीले भने, ‘‘अब सामान्य कार्यक्रमहरु यही भवनमा गर्न सक्छौँ ।’’ 

कार्यक्रममा नेपाल माझी उत्थान संघ मधेश प्रदेश अध्यक्ष गीता माझी, बरहथवा नगरपालिका–२, का वडा सदस्य लिला कुमारी माझी, नागेन्द्र महतो, नेपाल माझी उत्थान संघ सर्लाहीका संस्थापक सदस्यहरू श्रवण माझी, मोतीलाल माझी, आयोजक संस्थाका पदाधिकारीहरू र स्थानीयको समेत ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

यस संस्थाले लोपउन्मुख समुदायको रुपमा रहेका माझी समुदायको उत्थानको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles