बागमती–जेनजी समुहले गरेको आन्दोलन अन्तरगत सर्लाहीको बागमती नगरपालिका कार्यालयमा तोडफोड र आगजनी गरेको छ ।
मङ्गलबार साझ नगरपालिका कार्यालयमा पुगेको समुहले तोडफोड गर्दै आगजनी गरेको हो । अहिले पनि नगरपालिका कार्यालयमा आगो लागि रहेको छ । आन्दोलित समुहले कार्यालयबाट विभिन्न सामाग्रीहरु समेत बाहिर निकालेर आगो लगाएको थियो । आगलागीबाट नगरपालिका कार्यालयको पहिलो तल्लामा क्षति पुगेको छ ।
यस्तै आन्दोलनरत समुहले बरहथवा नगरपालिका र लालबन्दी नगरपालिका कार्यालयमा तोडफोड गर्नुका साथै कार्यलयमा रहेका टेवल कुर्सी लगायतका सामाग्री बाहिर निकालेर आगजनी गरेका थिए । घटना पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका, बरहथवा नगरपालिका र मलङ्गवा नगरपालिका क्षेत्र भित्र लागुहुने गरी अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ ।
आगलागीबाट बरहथवा नगरपालिकाको टिफरमा समेत पूर्ण क्षेति पुगेको प्रहरीले जनाएको छ ।
यस्तै आन्दोलनकै क्रममा हरिवन नगरपालिका कार्यालयमा पनि उक्त समुहले आगजनी र तोडफोड गरेको छ । उक्त समुहले नगरपालिका भित्र पार्कीङ गरेर राखेको दमकलमा तोडफोड गर्नुका साथै टिफरमा आगजनी गरेका छन् ।
यस पहिला हरिवन नगरपालिकामा एक मोटरसाइकल र ट्राफिक बिटमा समेत आगजनी भएको छ । जेनजी समुहले बागमती स्थित ईलाका प्रहरी कार्यालय कर्मैया अगाडि रहेको ट्राफिक बिटमा समेत क्षति पुर्याइ दिएका छन् ।

