Friday, April 10, 2026

करेन्ट लागेर घाइते रानाको मृत्यु

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोक निवासी छलबहादुर रानाको उपचारको क्रममा मृत्यु भएको छ । 

करेन्ट लागेर गम्भिर घाइते भएका रानाको उपचारको क्रममा कीर्तिपुर स्थित बर्न अस्पतालमा सोमबार निधन भएको हो । बागमती नगरपालिका–१, मिलचचोक निवासी रानालाई सोही स्थानमा रहेको मगर गुम्बामा तीज विशेष कार्यक्रमको लागि जोडेको माइक निकाल्ने क्रममा गत बिहीबार करेन्ट लागेको थियो । 

माइक निकालेर झर्दै गर्दा ११ हजार भोल्टेजको करेन्ट रानाको शरीरमा प्रवाह भएको प्रत्यक्षदर्शीको भनाई छ । करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई हरिवन स्थित नमुना अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याइएको थियो । उपचारकै क्रममा रानाको हिजो साँझ निधन भएको हो ।

नेपाली सेनाबाट अवकाश प्राप्त रानाको सेनाको सलामी सहित बागमती किनारमा अन्त्येष्टी गरिएको परिवारजनले बताएका छन् । नेपाली सेनाको जागिरबाट अवकाश भएपछि उनी संगित क्षेत्रमा सकृय थिए । मिलनचोकमा रहेको महिला पञ्चेबाजा संरक्षण समितिलाई तालिम दिएर संस्कृति संरक्षणमा समेत उनले योगदान दिएको मिलनचोक युवा क्लबका अध्यक्ष गोकर्ण रूपाखेतीले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles