Friday, December 5, 2025

सर्लाही कारागारबाट पनि कैदी बन्दीको भाग्ने प्रयास असफल

ताजा / भरखरै प्राप्त

मलङ्गवा–जिल्ला कारागार सर्लाहीबाट पनि कैदी बन्दीले भाग्ने असफल प्रयास गरेका छन ।

बुधबार बिहान एक्कासी कैदी बन्दीले कारागार तोडेर भाग्ने प्रयास गरेका हुन । कैदी बन्दीहरुले कारागारको माथिल्लो तल्लामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारै तिरबाट कारागारलाई घेराहालेको थियो । अहिले अवस्था नियन्त्रणमा रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेका उनीहरुलाई सुरक्षाकर्मीले बलियो घेरामा राखेको कारागारका प्रमुख बिशाल चौधरीले जानकारी दिए । कैदी बन्दीले तोडफोडको प्रयास गरेपछि कारागार परिसर तनावग्रस्त बनेको थियो । तत्काल पुगेको नेपाली सेनाको टोलीले अवस्था नियन्त्रणमा लिएको हो ।

‘‘बिहान अवस्था तनाव ग्रस्त बनेको थियो ।’’ कारागार प्रमुख चौधरीले भने, ‘‘तत्काल नेपाली सेना, कारगार सुरक्षाकर्मी समेतले घेराहाले पछि अहिले अबस्था नियन्त्रमा आएको छ ।’’ कैदी बन्दीले लगाएको आगो पनि बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिएको उनको भनाई छ ।

१६० जना पूरुष र ५० जना महिला गरी २१० जना क्षमताको यस कारागारमा महिला र पूरुष गरी ३९८ जना थुनामा छन । जेन जीको आन्दोलनका क्रममा अन्य कारागारबाट कैदी बन्दी फरार भइरहेको खवर आइरहेको सुने पछि यहाँका कैदी बन्दीले पनि कारागार तोडेर भाग्ने प्रयास गरिरहेका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles