Tuesday, April 14, 2026

सर्लाहीमा बिहान ८ः३० बजेबाट कफ्र्यू, तोडफोड र आगजनी रोकिएन

ताजा / भरखरै प्राप्त

सर्लाही–जिल्ला प्रशासन कार्यालय सर्लाहीले अर्को सूचना नभए सम्मको लागी कफ्र्यू आदेश जारी गरेको छ ।

बुधबार बिहान ८ः३० बजेबाट अर्को सूचना नभए सम्मका लागि सर्लाही जिल्ला भरी कफ्र्यू आदेश जारी भएको प्रशासन कार्यालयले जनाएको छ । ठाउँ ठाउँका पालिका कार्यालयहरुमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमाना यती चार किल्ला भित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक लगायतको गतिविधी गर्न निषेध गरिएको हो । यस चार किल्ला भित्र नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन भएकोले घरमै सुरक्षित रहन भनिएको छ ।

कफ्र्यू अवधीमा पनि अत्यआवश्यक सेवाका एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कुटनीतिक नियोगको सवारी भने संचालनमा सहजीकरण गरिने उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles