ईश्वरपुर–पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन ।
शुक्रबार साँझ जनकपुरबाट मलङ्गवा आँउदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस ईश्वरपुर नगरपालिका–४, लच्का नजिकै दुर्घटनामा परेको हो । बस सडक किनारमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको हो । दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार धनुषाको हन्सपुर नगरपालिका–२, बस्ने २८ वर्षका उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५, बस्ने सुशान्त साहकी श्रीमती २७ वर्षकी चन्दा देवी साह, सबैला नगरपालिका–२, बस्ने ३८ वर्षका हरिशङ्कर साह, मिथिला नगरपालिका–१, बस्ने श्रवण कुमार महतोकी श्रीमती ३५ वर्षकी मन्जु कुमारी महतो, उहाँको छोरा १० वर्षका आशिष कुमार महतो र ५ वर्षका शुसन कुमार महतो घाइते भएका छन ।
यस्तै सोही दुर्घटनामा परेर सर्लाहीको कविलासी नगरपालिका–८, बस्ने ६८ वर्षका राम पुकार मुखिया, सोही स्थानका दिनेश महतोकी श्रीमती २५ वर्षकी सुमित्रा देवी महतो, मलङ्गवा नगरपालिका–१२, बस्ने रघुनाथ महतोकी श्रीमती ४५ वर्षकी जतारन महतो, हरि महतोकी श्रीमती ६५ वर्षकी सखिया महतो, लालबन्दी नगरपालिका बस्ने २४ वर्षकी रेणुका गौतम, कबिलासी नगरपालिका–३, बस्ने ३३ वर्षकी मुनिका कुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरज कुमार ठाकुर, हरिपुर नगरपालिका–७, बस्ने जगदिश सिंहकी श्रीमती ३० वर्षकी बिर्जना सिंह, हरिपुर नगरपालिका–९, बस्ने ओम प्रसाद चौधरीकी श्रीमती ४५ वर्षकी रीता चौधरी घाईते भएकी प्रहरीले जनाएको हो ।
यस्तै दुर्घटनामा परेर महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७, बस्ने धर्मदेव महतोकी श्रीमती ३९ वर्षकी कमला कुमारी महतो, उहाँको छोरा १४ वर्षका आशिष कुमार महतो र बर्दिबास नगरपालिका–१, बस्ने सूर्य प्रसाद पोख्रेलको छोरी ४ वर्षकी श्रृषा पोख्रेल घाईते भएकी छिन् । घाइतेहरूको मोडेल अस्पताल लालबन्दी, नवलपुर स्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । उनीहरु सबै खतरा मुक्त रहेका अस्पताल श्रोतलाई उद्धत गर्दै प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
सवारी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिष्ठर सिंहको भनाई छ ।

