Friday, April 10, 2026

भरत तालमा वाइसिएलको आयोजनामा रक्तदान, ८४ जनाले रगत दिए

ताजा / भरखरै प्राप्त

बागमती–योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) को आयोजनामा भएको रक्त दान शिविरमा ८४ जनाले रगत दान गरेका छन । 

शुक्रबार नेकपा(माओवादी केन्द्र) सम्बध युवा भातृ सङ्गठन वाइसिएल नेपाल जिल्ला कमिटी सर्लाहीले बागमती नगरपालिका–१२, स्थित भरत ताल परिसरमा रक्त दान शिविर आयोजना गरेको हो । शिविरमा १० जना महिला र ७४ जना पुरुषले रगत दान गरेका आयोजक वाइसिएल जिल्ला कमिटी अध्यक्ष घमराज श्रेष्ठले जानकारी दिए । 

सङ्गठनको केन्द्रिय कार्यक्रम अन्तरगत सर्लाहीमा पनि ‘‘श्रम तथा उत्पादनमा वाइसिएल’’ भन्ने नारा सहित दुई महिने अभियान सञ्चालन भएको थियो । अभियान अन्तरगत लालबन्दी–१५ र १६ मा रहेको गुम्बा र पुष्पलाल स्मृति पार्क सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । भने, केही दिन पहिलामात्र चन्द्रनगर गाउँपालिमा–५, मोहनपुरमा शहीद रामवृक्ष यादवको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । 

अभियानको समापन अन्तरगत पछिल्लो समय विभिन्न रोगका विमारीले झेल्नु परिरहेको रगतको अभाव न्यूनिकरणको लागि रक्तदान कार्यक्रम सम्पन्न गरिएको कमिटीका सचिव राजकुमार बोहोराले बताए । शिविरमा सङ्कलित रगत रेडक्रस जनकपुरको प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ । 

नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा शिविरको उद्‌घाटन भएको थियो । सङ्गठन जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ऋषिराज धिताल, सर्लाही इन्चार्ज अच्युतम काफ्ले, केन्द्रीय सदस्य प्रमोद साह तथा वाईसीएल नेपालका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles