बागमती–वर्षे बिदाको अवसरमा सर्लाहीको बागमती नगरपालिकाले एक विद्यार्थी एक सीप कार्यशाला सुर गरेको छ ।
आइतबारबाट फरक फरक ६ वटा बिदामा कार्यशाला सुरु गरिएको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको हो । विद्यार्थीहरूलाई विद्यालय स्तरमै व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास तालिमको उद्देश्य रहेको शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकार दिए । शाखाले विगत तीन वर्ष देखी वर्षे बिदाको अवसरका यसै गरी सीप तालिम आयोजना गर्दै आएको छ ।
सीप विकासले उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने शाखा प्रमुख उपाध्यायले बताए । नगर भित्रका ५ माध्यामिक र २ आधारभुत विद्यालय गरी ७ वटा विद्यालयका २१० जना छात्रछात्राहरू तालिममा सहभागि भएका छन् । उनीहरूलाई समुह बनाएर उद्घोषण तथा सार्वजनिक भाषण कता, चित्रकला, हस्तलेखन, वाइरिङ र रिपेयरिङ, विज्ञान प्रयोगशाला र कविता लेखन तथा वाचन कला सम्बन्धी सीप तालिम प्रदान गरिएको हो ।
आजबाट सुरु भएको तालिम साउन २७ गते समापन गरिने नगर शिक्षा शाखाले जनाएको छ ।

