बलरा-नेपाल भारत सीमावर्ती क्षेत्र स्थित सर्लाहीको बलरामा दुई समुह बिच विवाद हुँदा तीन जना घाईते भएका छन ।
गएराती ९ बजेको समयमा बलरा नगरपालिका–१, मा दुई समुह बिच मादक पदार्थ सेवन गर्ने विषयमा विवाद भएको प्रहरीले जनाएको छ । सोही क्रममा छुरा प्रहारबाट तीन जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाईते हुनेहरू सर्लाहीको बलरा नगरपालिका–१, बस्ने २५ वर्षका धर्मवीर सहनी, १८ वर्षका दशरथ सहनी र २५ वर्षका अमित मण्डल रहेका छन ।
छुरा प्रहारबाट उनीहरूको पेट, घाटी र हातमा चोट लागेको थियो । घाईते तीनै जना उपचार पछि घर फर्किएका जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सरोज राईले जानकारी दिए । छुरा प्रहार गर्ने भारतीय नागरिकहरू अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह घटना लगतै भारत तर्फ फरार भएका प्रहरीले जनाएको छ ।
भारतीय प्रहरी सँग सहकार्य गरेर उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको हो ।

