Wednesday, February 18, 2026

राउतको अध्यक्षतामा माओवादी केन्द्र बागमती–२, वडा कमिटी गठन

ताजा / भरखरै प्राप्त

अर्पण पौडेल, बागमती–नेकपा माओवादी केन्द्र बागमती नगरपालिका वडा नम्बर २ को कमिटी गठन भएको छ ।

शनिबार सम्पन्न वडा भेलाले राम कुमार राउतको अध्यक्षतामा २५ सदस्य वडा कमिटी सर्बसहमतीले चयन गरेको हो । माओवादी केन्द्रको सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यता सम्पन्न भेलामा मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको विशिष्ट आतिथ्यता रहेको थियो । 

निवर्तमान वडा कमिटी अध्यक्ष टेक बहादुर बलको अध्यक्षतामा सम्पन्न भेलाले सङ्गठनलाई आवश्यक चुस्तदुरुस्त कमिटी गठन गरेको वक्ताहरूले धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका जिल्ला इन्चार्ज काफ्लेले भरपुर जोस जाँगर सहित नेतृत्वमा युवा आएको भन्दै खुसी व्यक्त गरे । 

यसले सङ्गठनलाई चलायमान बनाउने उहाँको धारणा थियो । कार्यक्रममा वडा अन्तरगतका पार्टीका नेता तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको पार्टीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles