Wednesday, February 18, 2026

मोटरसाइकलको ठक्करबाट बलरा नगरपालिकाकी कार्यपालिका सदस्य बैठाको मृत्यु

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले बलरा नगरपालिका–११, वडा कार्यलय नजिकै पैदल हिँडिरहेकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दा देवी बैठालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते बैठाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा ज्यान गएको हो । बैठा बलरा नगरकार्यपालिका सदस्य रहेको पालिकाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट टाउकोमा गहिरो चोट लागेर गम्भिर घाइते भएकी उनलाई तत्काल बलरा स्थित अचलगढ अस्पतालमा पुर्याइएको थियो । त्यहा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुर समेत घाइते भएका छन् ।

घाइते चालकको प्रादेशिक अस्पताल मलङ्गवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिष्ठर सिंहले जानकारी दिए । तिब्र गतीमा रहेको उक्त मोटरसाइकलले बाटो काट्दै गरेकी बैठालाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

यसैबीच अचलगढ अस्पतालमा रहेको एम्बुलेन्समा इन्धन भरेर नराखेका कारण विमारीलाई समयमै अर्को अस्पताल लैजान नपाएको पीडित परिवारको गुनासो छ । अस्पताल परिसरमा रहेको एम्बुलेन्समा जर्कीनमा तेल ल्याएर हाल्न समय लागेकाले दुई घण्टा विमारी अलपत्र अवस्थामा थिए । समयमै विमारीलाई अन्य अस्पताल लैजान नपाएको भन्दै स्थानीयले आक्रोस समेत ब्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles