Tuesday, February 17, 2026

मातृभूमि लघुवित्त द्धारा मुनाको परिवारलाई बिमा रकम हस्तान्तरण

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती– मातृभूमि लघुवित्त वित्तिय संस्थाले सर्लाहीको बागमतीमा केही समय पहिला सर्पले डसेर ज्यान गुमाएकी मुना राइकाे परिवारलाई बिमा सुविधा वापतको रकम हस्तान्तरण गरेको छ । 

बिहीबार बागमती नगरपालिका–११, स्थित मृतक राईको घरमै पुगेर संस्थाका पदाधिकारीहरूले सुविधा बापतको रकम रु १० लाख २९ हजार ३६२ रुपैयाँ हस्तान्तरण गरेका हुन । मृतक राई मातृभूमि लघुवित्त अन्तरगत उन्नति मातृभूमि महिला विकास केन्द्रको सदस्य रहेको संस्थाका बागमती नगरपालिका–१, मिलनचोक शाखा प्रबन्धक डिम्पल श्रेष्ठले जानकारी दिए।

संस्थाले सुविधा वापतको रकम मृतक महिलाको छोरी ओसिन स्याङतानलाई हस्तान्तरण गरेको थियो । राईलाई गत असार ८ गते बिहान करेसा बारीमा फर्सीको मुन्टा टिप्ने क्रममा विषालु गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्र लालबन्दी नगरपालिका–१, नवलपुरमा उपचार सम्भावना नभए पछि जनकपुर लैजाँदै गर्दा राईको बाटोमै ज्यान गएको हो । 

पीडामा परेको अवस्थामा संस्थाले प्रदान गरेको सुविधा वापतको रकमले पीडित परिवारलाई राहत मिलेको उक्त ३३ नम्बर केन्द्र प्रमुख पूर्ण कुमारी दहालको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles