Friday, April 10, 2026

बागमतीमा मोटरसाइकल दुर्घटनामा तीन जना घाइते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित बथाने टोलमा भएको सवारी दुुर्घटनामा तीन जना घाइते भएका छन ।

सोमबार बागमती नगरपालिका–१२, भित्री सडक खण्ड अन्तरगत बथनिया टोलमा भरत ताल तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाइ सोही दिसा तर्फबाट आँउदै गरेको प्रदेश ०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा दुबै मोटरसाइकलका चालक र सवार व्यक्ति गरी तीन जना घाइते भएका छन । 

दुर्घटनामा परेर २४३० नम्बरको मोटरसाइकलका चालक रौतहटको चन्द्रपुर नगरपालिका–१०, बस्ने १८ वर्षका घनश्याम चौधरी सामान्य घाइते भएका छन् । उनलाई बागमती मोडेल अस्पतालमा उपचार पछि इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । भने, ७८७९ नम्बरको मोटरसाइकलका चालक रौतहटको दुर्गा भगवाती गाउँपालिका–१, बस्ने १८ वर्षका राजु चौधरी पनि उपचार पछि डिस्चार्ज भएका छन् । 

सोही मोटरसाइकलमा सवार चौधरीकी आमा ४५ वर्षकी राधिका देवी चौधरीको भने टाउको, ढाड, हात लगायतमा चोट लागेर माध्यम अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले दुवै मोटरसाइलक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

बागमतीमा आज मात्र भएको छुट्टा छ्ट्टै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै ७ जना घाईते भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles