Wednesday, February 18, 2026

जिल्ला प्रशासन कार्यालय सर्लाहीको आइतबार सेवा बन्द रहने

ताजा / भरखरै प्राप्त

मलङ्गवा–जिल्ला प्रशासन कार्यालय सर्लाहीको आगामी आइतबार सेवा बन्द रहने भएको छ । 

शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय सार्ने प्रयोजनको लागि साउन २५ गते आइतबार सेवा बन्द गरिने जनाएको हो । जिल्ला प्रशासन कार्यालय आफ्नै नवनिर्मित भवनमा जान लागेकोले कार्यालयको कागजात सार्ने तथा व्यवस्थापकिय कार्यको लागि कार्यालय बन्द गर्न लागिएको प्रशासकिय अधिकृत जय किशोर साहद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ । 

साउन २६ गते सोमबारबाट भने कार्यालयको नवनिर्मित भवनबाटै सेवा नियमित हुने समेत जारी सूचनामा उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, ‘‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रती यस कार्यालय क्षेमा प्राथी छौँ ।’’   

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles