Wednesday, February 18, 2026

बागमतीमा करेन्ट लागेर एक वृद्ध गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा करेन्ट लागेर एक वृद्ध गम्भीर घाइते भएका छन । घाइते वृद्धलाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाडौं पुर्याइएको छ ।

बुधबार बागमती नगरपालिका–१, मिलनचोको गुम्बा टोल निवासी ६८ वर्षीय छलबहादुर राना मगरलाई करेन्ट लागेको हो । घाइते रानाको अवस्था गम्भिर बनेको स्थानीय गाेकर्ण रुपाखेतीले जानकारी दिए । मगरलाई घर नजिक सामुदायिक भवनमा राखेको माइक निकाल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

हरितालिका तिजको अवसरमा हिजो नाचगानका लागि सार्वजनिक भवनको छतमा जडान गरिएको थियो । सामुदायिक भवनको छतबाट भेट्ने ठाउँमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा माइकले छुँदा रानाको शरीरमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीको भनाई छ । घाइते रानालाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि कैलाश एयरको हेलिकप्टर मार्फत कीर्तिपुरस्थित बर्नहार्ट अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए ।

अस्पतालले घाइते रानाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी गराएको उनले बताए । मकवानपुर र काठमाडौंको मौसम खराब हुँदा हेलिकप्टर तीन घण्टा ढिलोगरी सर्लाही आइपुगेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles