Wednesday, February 18, 2026

वाइसिएल नेपालले गर्यो सरसफाइ र वृक्षारोपण

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेकपा(माओवादी केन्द्र) निकट युवा सङ्गठन वाइसिएल नेपालले सरसफाइवृक्षारोपण गरेको छ । 

श्रम तथा उत्पादन वाइसिएल अभियान कार्यक्रम अन्तरगत शनिबार लालबन्दी नगरपालिका–१५ र १६ मा सरसफाइ तथा वृक्षारोपण गरिएको हो । कार्यक्रम अन्तरगत बिहान लालबन्दी नगरपालिका–१५, गुम्बा परिसर सरसफाइ गर्नुका साथै वृक्षारोपण गरिएको हो । भने, त्यसपछि लालबन्दी–१६, बोहोरे डाँडा स्थित पुष्पलाल स्मृती पार्क सरसफाइ र वृक्षारोपण गरिएको थियो । 

सङ्गठनको राष्ट्रिय अभियान अन्तरगत गुम्बा र पार्क परिसर सरसफाइ सँगै विभिन्न फल तथा फूलका बिरुवा रोपिएको वाइसिएल नेपालका सर्लाही अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । वाइसिएल जिल्ला कमिटीको आयोजना रहेको अभियानमा नगर कमिटी लालबन्दीले सहकार्य गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्ता अभियानले युवाहरूलाई श्रम र उत्पादन सँग जोड्ने सहभागीहरूको भनाई छ । 

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का नेताहरू प्रल्हाद बुढाथोकी, प्रमोद साह, मेन कुमार गौतम, लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरख बल, १६ का वडाध्यक्ष गणेश थापा लगायत जिल्ला भरीबाट वाइसिएल नेता तथा कार्यकर्ताहरू सहभागि भएका राजकुमार बोहोराले बताए ।  

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles