Friday, April 10, 2026

४७ औँ पुष्पलाल स्मृति दिवस सर्लाहीमा पनि मनाइयो

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस आज सर्लाहीमा पनि मनाइएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाही जिल्ला कमिटीको आयोजनामा लालबन्दी नगरपालिका–१५, बोहोरे डाँडामा स्मृति दिवस सम्पन्न गरिएको हो । प्रतिष्ठानका अध्यक्ष उद्धव पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का स्थाई कमिटी सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमको अवसरमा पार्क परिसर सरसफाइ गर्नुका साथै फलफूलका बिरुवा रोप्ने काम गरिएको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए । कार्यक्रमका वक्ताहरूले स्वर्गीय नेता पुष्पलालको योगदानको समेत खुलेर चर्चा गर्नुका साथै उनले अघि सारेका योजना सबै मिलेर साकार बनाउनु पर्ने कुरामा जोड समेत दिए । 

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य तथा प्रतिष्ठानकी प्रदेश उपाध्यक्ष बेची लुंगेली, पार्टी अध्यक्ष सुरेन्द्र लामा, लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरख बल, १६ का वडाध्यक्ष गणेश थापा, लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक भरत कुमार कार्कीले जानकारी दिए । 

सोही कार्यक्रमका बिच प्रतिष्ठानले पार्क निर्माण भएको सामुदायिक वनका पदाधिकारीहरूलाई समेत सम्मान गरेको छ । प्रतिष्ठानकी सदस्य लिली घिसिङले सहभागीहरूलाई स्वागत गरिन । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles