Tuesday, February 17, 2026

लालबन्दी वाङ्मय पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान

ताजा / भरखरै प्राप्त

लालबन्दी– सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्ले २०८२ को पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ । 

परिषद्ले सोमबार एक सूचना जारी गर्दै वर्ष २०८२ को पुरस्कार वितरणको लागि पुस्तक दर्ता गर्न आह्वान गरेको हो । सर्जक तथा प्रकाशन गृहहरुलाई सम्बोधन गर्दै परिषद्ले उत्कृष्ट सृजना र सर्जकहरूलाइ पुरस्कृत गरिने जनाएको हो । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास र प्रवर्दक गर्ने उद्देश्यले स्थापित यस परिषद्ले स्थानीय र राष्ट्रिय गरी ५० हजार २५ हजार पुरस्कार वितरण गर्दै आएको छ ।

गत वर्षबाट परिषद्ले नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका एक जना राष्ट्रिय व्यक्तित्वलाई नगद ५० हजार सहित ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ बाट सम्मान गरेको थियो । पुरस्कार वाङ्मय परिषद्को स्थापना दिवसको अवसरका प्रदान गर्ने निर्णय गरिएको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

प्रतिष्पर्धाका लागि कृतिहरू नेपाली भाषामा लेखिएको हुनपर्ने, २०८० साल पछि प्रकाशित भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । कृति पठाउँदा साउन ३० गते सम्म लालबन्दी कार्यलयमा आइपुग्ने गरी पठाइदिन परिषद्ले आग्रह गरेको छ । प्राप्त कृति मध्य उत्कृष्ट १० लाई छनौट गरी त्यसबाट उत्कृष्टलाई पुरस्कृत गरिने उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles