Wednesday, February 18, 2026

राष्ट्रिय विभूती भिमसेन थापाको २५१ औँ जन्म जयन्ती मनाइयो

ताजा / भरखरै प्राप्त

बागमती– नेपालका पहिलो प्रधानमन्त्री तथा राष्ट्रिय विभूती भिमसेन थापाको २५१ औँ जन्म जयन्ती सर्लाहीको बागमतीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

शुक्रबार बागमती नगरपालिका–२, धरहरामा रहेको कुलायन मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमका बिच राष्ट्रिय विभूती थापाको जन्म जयन्ती मनाइएको हो । बगाले थापा सेवा समाज धरहराको आयोजनामा सम्पन्न जन्मजयन्ती कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि कुशवाहाले धरहरामा स्थापना गरिएको थापाको शालिकमा माल्यार्पण गरेर जन्म जयन्ती समारोहको उद्‌घाटन गरे । कार्यक्रमका वक्ताहरूले राष्ट्रिय विभूती थापाले राष्ट्र निर्माणमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा समेत गरे । उनले देखाएको बाटोमा हिड्‌न सके मात्र उनी प्रति सच्चा श्रद्धाञ्जली हुने कार्यक्रमका वक्तारहरूको धारणा थियो ।

समाजले उक्त स्थानमा केही समय पहिला मात्र राष्ट्रिय विभूती थापाको पूर्णकदको सालिक स्थापना गरेको हो । आफ्ना पुर्खा समेत रहेका थापाको सम्मान सँगै यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न शालिक निर्माण गरिएको समाजका अध्यक्ष रामहरि थापाले जानकारी दिए । यसै कार्यक्रमका बिच मन्दिर तथा शालिक निर्माण स्थल पसिरमा विभिन्न जातमा फलफूल र सौदर्य फूलका विरुवा समेत रोपिएको थियो ।

अध्यक्ष रामहरी थापाको अध्यक्षतामा सम्पन्न जन्म जयन्ती समारोहमा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, बागमती नगरपालिका–२, का वडाध्यक्ष बाबु बल, जनबाल कल्याण माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहरा, प्रधानाध्यापक प्रकाश बहादुर जिम्बा, समाजसेवी चूडामणि वाग्ले लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक माधव थापाले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles