Wednesday, February 18, 2026

बागमतीमा ५६ फिट अग्लो स्तूपा निर्माण

ताजा / भरखरै प्राप्त

बागमती–बौद्द स्तुपा निर्माण भएपछि सर्लाहीको बागमतीमा पर्यटकीय स्थल थपिएको छ ।

बागमती नगरपालिका–४, नयाँ बस्तीमा बौद्ध स्तूपा निर्माण गरिए सँगै धार्मिक पर्यटकीय स्थलको रुपमा नयाँ पर्यटकीय गन्तव्य थपिएको हो । स्तूपा निर्माण भएपछि बूढी बागमतीको बगरको रुपमा रहेको यस क्षेत्रमा आन्तरिक पर्यटनको समेत विकास भएको छ । पहिलो चरमा स्तूपा निर्माण गरिएको यस वडाका कार्यवाहक वडाध्यक्ष अर्दमान सिङतानले जानकारी दिए । 

स्तूपा निर्माण भएको स्थानमा क्रमै सँग अन्य संरचना निर्माण गरिने उनको भनाई छ । ‘‘यस पटकको बजेटबाट स्तूपा निर्माण मात्र भयो ।’’ उनले भने, ‘‘स्तुपाको वरिपरि ‘माने’ निर्माण गर्ने योजना छ ।’’ बौद्ध स्तूपा दर्शन गर्न र आफ्ना पितृको नाममा बत्ती बाल्न काठमाडौँ पुग्न नपरोस् भनेर स्तूपा निर्माण गरिएको बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाले बताए ।

विपन्न परिवारलाई काठमाडौँ सम्म बौद्ध स्तूपा जान समस्या रहेको उनको भनाई थियो । सङ्घ सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको ९० लाख बजेटमा निर्माण भएको स्तूपा २३.८० मिटर फराकिलो र १७.०६ मिटर अग्लो छ । निकै आकर्षक बनेको यस स्तूपा घुम्न आउने, तस्बिर खिचाउने तथा टिकटक बनाउनेको उपस्थिति बाक्लिदै गएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles