Wednesday, February 18, 2026

ट्यांकरको ठक्करबाट ३१ वर्षीय युवकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।

गएराती पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका–१ लच्कामा लालबन्दीबाट नवलपुर तर्फ आउँदै गरेको को १ ख ५९३८ नम्बरको तेल बोक्ने ट्यांकरको ठक्करबाट सर्लाहीकै हरिवन नगरपालिका–४ घर भएका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति सवा ११ बजे बिपरित दिशा बाट जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकलमा सवार स्याङतान ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय नवलपुरका सई भरत साहले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले ट्यांकर चालक सुनसरीको रामधुनी नगरपालिका–९ घर भएका ३२ वर्षीय अरबिन्द महतोलाई पक्राउ गरेको छ । घाइते स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles