Wednesday, February 18, 2026

चौहान बागमती नगरपालिकामै उत्कृष्ट शिक्षक

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकाको उत्कृष्ट शिक्षकको रुपमा गणेश चौहान पुरस्कृत भएका छन् । 

मधेश प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालयको ‘एक स्थानीय तह, एक उत्कृष्ट शिक्षक’ कार्यक्रम अन्तरगत शिक्षक चौहान पुरस्कृत भएका हुन । मन्त्रालयले माग गरेको विवरण सिफारिस गरेर पठाएको मध्यबाट शिक्षक चौहानलाई उत्कृष्ट शिक्षकको रुपमा प्रदेश सरकारले कदर पत्र सहित सम्मान गरेको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले बताए ।

मन्त्रालयले विद्यालयको जिम्मेवारी, शिक्षण सिकाइ , अनुभव, विद्यार्थी र अभिभावक सँगको सम्बन्ध लगायतको विषयमा पूर्णाङ्क सहितको फारम सङ्कलन गरेको थियो । नगरबाट सिफारिस भएका अन्य शिक्षकहरू मध्यबाट चौहान सम्मानित भएका हुन । उनी बागमती नगरपालिका–६, मा रहेको प्राथमिक विद्यालय सीतापुरको प्राधानाध्यापक समेत हुनु । 

२० वर्ष देखी सोही विद्यालयमा सेवा गरिरहेका चौहानले कर्मको मूल्याङ्कन भएको भन्दै खुसी व्यक्त गरे । नगरको शिक्षा शाखाले आयोजना गर्दै आएको नगर स्तरीय तथा राष्ट्रपति खेलकुद कार्यक्रममा प्रशिक्षक एवं एम्पायरको भूमिकाका समेत सकृत् रहँदै आएका छन । उपलब्ध साधन श्रोतको प्रयोग गर्दै बालबालिकालाई शिक्षण सिकाइमा अब्बल बनाउने प्रयास जारी रहेको उनको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles